scheduleबिहिवार आषाढ़ ७ गते, २०७५

प्रदेश ३ः दुई विधेयक पारित

हेटौँडा, ३१ जेठ । प्रदेश नं ३ प्रदेशसभाको बिहिबार बसेको बैठकले प्रदेशको आकस्मिक कोषको स्थापनासम्बन्धी विधेयक २०७५ र प्रदेशको वित्तीय व्यवस्थापन गर्ने विधेयक २०७५ लाई बहुमतले पारित गरेको छ ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले ती दुवै प्रस्ताव पारित गर्न प्रस्ताव टेबुल गरेका  थिए । यसैबीच शुक्रबार अपराह्न ३ बजे प्रदेश सरकारको आगामी आव २०७५/०७६ का लागि बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रदेश सभामुख सानुकुमार श्रेष्ठले बैठकमा जानकारी दिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob