scheduleबिहिवार आषाढ़ ७ गते, २०७५

हतियारसहित पक्राउ परे राई

संखुवासभा, ३१ जेठ । खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङमा पेस्तोल र त्यसको गोलीसहित सिलिचोङ गाउँपालिका–५ का केदार राईलार्ई प्रहरीले पक्राउ गरेको छ ।

गएराति प्रहरीको गस्ती टोलीले जाँचका क्रममा ३५ वर्षीय राईको झोलाबाट एक थान स्वचालित पेस्तोल, दुईवटा म्याग्जिन र त्यसको १४ राउण्ड गोली फेला परेको प्रहरी नायब उपरीक्षक श्याम सारु मगरले बताए ।

सिलिचोङ–५ याफु घर भएका राई को ३१ प ९५४४ नं को मोटरसाइकलमा खाँदबारीतर्फ आउँदै गर्दा खाँदबारी–३ स्थित मानेभञ्ज्याङबाट पक्राउ परेका हुन् । उनलाई हातहतियार तथा खरखजनाअन्तर्गत  मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob