scheduleबिहिवार आषाढ़ ७ गते, २०७५

काठमाडौंको ठमेलबाट झोलामा रिबल्वर बोकेर हिँडेका २ जना पक्राउ

फाइल फाेटाे

काठमाडौं, ३१ जेठ । केही दिन देखि ठमेल, ज्याठा क्षेत्रमा रहेका होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायीहरुलाई डर त्रास देखाई रकम असुल्दै हिड्ने २ जनालाई प्रहरीले १ थान रिबल्वर र १ थान खुकुरी सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रे झैटी देउराली घर भई सितापाइला बस्ने २६ वर्षीय देवकुमार थापा र धादिङ ज्वालामुखी घर भएका २९ वर्षीय कमल गुरुङ रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बुधबार राति ठमेल, ज्याठाको गल्लीमा उनीहरुलाई झोलामा रिबल्वर र खुकुरी सहित हिडिरहेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob