scheduleबिहिवार आषाढ़ ७ गते, २०७५

श्रीलंकाको नदीमा खसेका खेलाडीको शव स्वदेश ल्याउन सांसद श्रेष्ठको माग

काठमाडौं, ३१ जेठ । नेकपाका सांसद जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय माउन्टेन बाइकर नारायणगोपाल महर्जनको श्रीलंकाको नदीमा खसेर निधन भएको भन्दै शव नेपाल ल्याउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

महर्जनको श्रीलंकाको एक नदीमा खसेर बुधबार मृत्यु भएको भन्दै सांसद श्रेष्ठले मृतकको परिवारको आर्थिक अवस्थासमेत कमजोर भएकाले सरकारले त्यसतर्फ विशेष पहल गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिन आग्रह गरे ।

माउन्टेन बाइकर महर्जनको श्रीलंकाको राजधानी कोलम्बोदेखि २३० किलोमिटर टाढा रहेको एक नदीमा खसेर निधन भएको बताइएको छ ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob