scheduleबिहिवार आषाढ़ ७ गते, २०७५

मलेसियाका पूर्वप्रधानमन्त्री रजाक पुनः भ्रष्टाचार नियन्त्रण निकायमा उपस्थित

क्वालालम्पुर, ३१ जेठ । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक यहाँको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायमा बिहीबार दोस्रो पटक पनि उपस्थित भएको  समाचार छ ।

उनलाई करिब महिनादिन  अघि पनि उक्त निकायमा उपस्थित गराइएको थियो । राजधानी क्वालालम्पुरबाट प्राप्त समाचारमा उनलाई बिहीबार उक्त निकायले भ्रष्टाचारको विषयमा प्रश्न गरेको जनाइएको छ ।

सरकारी लगानीको एक कम्पनी एमडिबीमा लगानीको विषयमा उनको संलग्नताको बारेमा यसअघि नै प्रश्न उठेको थियो । सोही विषयमा उनिमाथि प्रश्न गरिएको हो ।

उनिमाथि उक्त कम्पनीमा लगानी गर्नुको सट्टा करिब चार करोड २० लाख मलेसियन रिङ्गीट किन आफ्नो व्यक्तिगत खातामा जम्मा गरिएको हो भन्ने बारेमा प्रश्न गरिएको छ ।

उनिमाथि उक्त खाताको विषयलाई लिएर अनियमितताको प्रश्न उठेको छ । उनिमाथि भ्रष्टाचारको मुद्दा लाग्नपनि सक्ने बताउँदै आइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob