scheduleबिहिवार आषाढ़ ७ गते, २०७५

प्यालेस्टाइन संकट समाधानका लागि युएनमा प्रस्ताव पारित

एजेन्सी, ३१ । संयुक्त राष्ट्रसंघीय साधारण सभाले इजरायललाई गाजा सिमामा अत्याधीक बल प्रयोग गरेको भनी भर्त्सना गर्नुका साथै प्यालेस्टाइनलाई अन्तर्राष्ट्रिय सुरक्षा प्रदान गर्न विकल्पहरुबारे विचार गर्न आदेश दिएको छ । साथै साधारण सभाले त्यहाँ जारी संघर्षको हलका लागि बहुमतमा एउटा समाधानको प्रस्ताव दस्तावेज पारित गरेको छ ।

उक्ता दस्तावेजले रसियासहित साधारण सभाका १२० मुलुकहरुको समर्थन प्राप्त गरेको छ ।

अमेरिका र इजरायल लगायत आठ मुलुकहरुले त्यस समाधान दस्तावेजविरुद्ध भिटो प्रयोग गरेको छ भने ४५ देशले मतदानमा सहभागिता जनाएनन् ।

उक्त प्रतिबद्धता दस्तावेजले महासचिव एन्टोनियो गुट्रेसलाई ६० दिनभित्र ‘इजरायली दमनभित्र रहेका पेलेस्टाइनी जनताहरुको सुरक्षा, समृद्धिलाई प्रत्याभूती गर्ने मार्ग र उपाय’ नामको एउटा प्रस्तावमा प्रतिक्रिया मागेको छ । साथै उक्त प्रस्तावमा अन्तर्राष्ट्रिय संरक्षणवाद संयन्त्रका सल्लाह सुझाव पनि उल्लेख गरिएका छन् ।

उक्त प्रतिबद्धता दस्तावेजमा गाजा क्षेत्रमा सक्रिय हमासलाई भने प्यालेस्टाइनी नागरिकहरुको हताहतिको जिम्मेदार ठहर्‍याइएको छैन । उक्त प्रस्तावलाई जुन १ मा सुरक्षा परिषद्मा दर्ता गरिएको थियो जसलाई अमेरिकाले रोकेको थियो । त्यसै मितिमा अमेरिकाले हमासलाई ती मानव संकटको जिम्मेदार ठहर्‍याउँदै उमाथि कारावाहीबारे प्रस्ताव दर्ता गराएको थियो । सुरक्षा परिषदमा ट्कुटयसले नै समर्थन प्राप्त गरेन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob