scheduleबिहिवार आषाढ़ ७ गते, २०७५

सिंगापूर वार्तापछि अमेरिकी मिडियामाथि यसकारण खनिए ट्रम्प

 

एजेन्सी, ३१ जेठ । उत्तरका नेता किम जोङ उनसँगको सिंगापूरमा सम्पन्न आफ्नो शिखर वार्ताबारे आशंका र आलोचनाको कोणबाट लेख्ने सञ्चार माध्यममाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प खनिएका छन् । उनले ती समाचारहरुलाई ‘झूटा समाचार’ भन्दै ती देशका ‘ठूला शत्रु’ भएको बताएका छन् ।

बुधबार वासिङटन पुगेका ट्रम्पले ट्वीटरमार्फत विभिन्न लोकप्रिय सञ्चार माध्यमहरुलाई ‘अमेरिकी जनताका दुश्मन’ भनेका हुन् । किम जोङ उनसँगको वार्तालाई ट्रम्प अभूतपूर्व र महत्वपूर्ण उपलब्धिकारुपमा मिडियाहरुले चित्रण गरेको देख्न चाहन्छन् । तर मिडियाहरुले उनको अपेक्षाको ठिक विपरित टिप्पणी गरेपछि उनी रुष्ट भएका हुन् ।

आलोचकहरुले ट्रम्पको सहमतिमा उत्तर कोरियामाथि आवश्यक नियन्त्रणात्मक नीतिहरु नरहेको बताएका छन् । उनीहरुकाअनुसार उत्तरबाट थोरै लिएर ट्रम्पले दक्षिणसँगको सैन्य अभ्यासलाई अन्त्य गरेका छन् ।

ट्रम्पले  विशेषगरी एनबीसी र  सिएनएन जस्ता मिडियाहरुले उत्तरसँगको आफ्नो वार्तालाई अवमूल्यन गर्ने खाेजेको आरोप लगाएका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob