scheduleबिहिवार आषाढ़ ७ गते, २०७५

पूर्ण निशस्त्रीकरण नभएसम्म अमेरिकाले आर्थिक संकट नहटाउने

एजेन्सी, ३१ जेठ । उत्तर कोरियाले पूर्ण निशस्त्रीकरण नगरेसम्म अमेरिकाले आर्थिक प्रतिबन्ध नहटाउने अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले बताएका छन् ।

दक्षिण कोरियामा आयोजित पत्रकार सम्मेलनमा दक्षिण तथा जापानका समकक्षीहरुबीच पोम्पियोले त्यस्तो बताएका हुन् ।

पोम्पियोले उक्त शिखर वार्तालाई दुई देशबीचको सम्बन्धमा कोशेढुङ्गा साबित भएको बताए । तर उनले उत्तर कोरियाको विवादित परमाणु कार्यक्रमको अन्त्य चरण चरणको प्रक्रियाबाट हुनेबारे दुई नेताबीच सहमति भएको भन्ने उत्तरका सञ्चार माध्यमको खबरलाई खारेज गरेका छन् ।

यस अघि उत्तर र अमेरिकाबीच सिंगापूरमा आयोजित शिखर वार्तामा उत्तरका नेता किम जोङ उनले निशस्त्रीकरणको बाटोमा हिँड्ने प्रतिबद्धता व्यक्त गरेका थिए र अमेरिकाले पनि उसमाथि लगाएका प्रतिबन्धहरुलाई फुकुवा गरेर आर्थिक समृद्धिमा सहयोग पुर्‍याउनुका साथै सुरक्षाको प्रत्याभूति गर्ने प्रतिबद्धता जाहेर गरेको थियो ।

तर पर्यवेक्षकहरुले उत्तरले परमाणु कार्यक्रमलाई त्याग्नेबारेमा आशंका गर्छन् किनभने दुई नेताबीचको सहमतिमा उत्तरले परमाणु त्याग्नेबारे बिस्तृतरुपमा कुराकानी भएको छैन र निशस्त्रीकरणको प्रक्रियालाई कसरी पृष्टि गर्नेभन्नेबारे कुनै मापदण्ड तोकिएको छैन ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob