scheduleबिहिवार आषाढ़ ७ गते, २०७५

अमेरिकी राष्ट्रपतिलाई भेट्न शौचालय बोकेर किम जोङ

काठमाडौं, ३० जेठ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच मंगलबार ऐतिहासिक वार्ता सम्पन्न भएको छ । सिंगापुरको उक्त वार्तामा दुवै देशका नेताहरु त्यहाँ पुगेका थिए ।  उक्त शिखरवार्तामाका लागि सिंगापुरले करिब १ करोड ५० लाख डलर खर्च गरेको थियो ।

वार्तास्थलमा किम जोङ उन आफ्नो टोली नै लिएर त्यहाँ पुगेका थिए । त्यतिमात्रै हेइनले साथमा आफ्नो व्यक्तिगत शौचालय पनि लिएर गएका थिए ।

दक्षिण कोरियाको समाचार संस्था थे चोसुनिल्बोका अनुसार एयर चाइना बोइङ ७४७ विमानबाट सिंगापुर आउँदा उनीसँगै आईएल–७६ मालवाहक विमान पनि आएको र त्यसमा उनको बुलेटप्रूफ गाडी र बोक्न मिल्ने शौचालय रहेको थियाे ।

किमले सिंगापुरमा सार्वजनिक शौचालय प्रयोग गर्न नचाहेकाले आफ्नै शौचालय बोकेर आएको बताइएको छ ।

सन् २००५ मा दक्षिण कोरियातर्फ भागेका पूर्व उत्तर कोरियाली गार्ड कमान्ड इकाइका ली युन कीयोलले यो सामान्य कुरा भएको बताए । किमले आफ्नो दिसाको विश्लेषण अरुले नगरुन भनेर यसो गरिएको बताइएको छ ।

किमले देशभित्रै पनि सैनिक अड्डा र सरकारसञ्चालित कारखानाको निरीक्षण भ्रमण गर्दा निजी शौचालय लिएर जाने गरेका छन्। किमको गाडीमा पनि एउटा शौचालय फिट गरिएको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob