scheduleबिहिवार आषाढ़ ७ गते, २०७५

३ अर्ब ठगीका अभियुक्तलाई १० लाख धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ

काठमाडौं, ३० जेठ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा ठगी गरेको अभियोगम पक्राउ परेका भीएलएनका सञ्चालक राम श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले छाड्न निर्देशन दिएलगत्तै पुनः पक्राउ परेका छन् ।

२ अर्ब ८६ करोड १५ लाख रुपैयाँ ठगीको अभियोगमा पक्राउ परेका श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमर बस्नेतको इजलासले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । श्रेष्ठले १० लाख धरौटी तिरेर रिहा पनि भए । तर काठमाडौं जिल्ला अदालतले सफाई दिएपछि श्रेष्ठको नाममा ललितपुरमा पनि मुद्दा भएका कारण उनलाई पुनः पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । श्रेष्ठलाई पक्राउपछि जिल्ला प्रहरी कार्यालय ललितपुरम बुझाइने पोखरेलले जानकारी दिएका छन् ।

प्रहरीले जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर ९ओएससी०, भिएलएन र जिएसजी कम्पनीमा छापा मारेको थियो।

मलेसिया जाने युवाहरूसँग सरकारले तोकेकोभन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा भिएलएनका अध्यक्ष श्रेष्ठसहित ४० जना पक्राउ परेका थिए। पक्राउ परेका धेरै जसो व्यवसायीहरु धरौटीमा छुटिसकेका छन्।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob