scheduleबिहिवार आषाढ़ ७ गते, २०७५

कर्णाली प्रदेशमा २३ अर्बको बजेट ल्याइँदै

सुर्खेत, ३० जेठ । आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशको लागि करिब २३ अर्बको बजेट प्रस्तुत  भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी असार १ गते प्रस्तुत गरिने बजेटको अन्तिम तयारीमा रहेको जनाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले  प्रस्तुत गरिने संघीय बजेटमध्ये सरकारको अनुदानबाट  नौ अर्ब १३ करोड, राजस्वबाट करिब  पाँच अर्ब ६७ करोड र सशक्त अनुदानबाट छ अर्ब ६१ करोड प्राप्त हुने बताए ।

राजस्व संकलनको अवस्था कमजोर रहेको भन्दै उनले यसलाई बढाउने प्रयास गर्ने बताए । ‘यस पटक यही बजेटलाई कार्यान्वयन गर्नुपर्‍यो’ उनले भने, ‘आगामी वर्ष बजेटको आकार बढाउनेछौ ।’

असारे विकास मोडललाई निरुत्साहित गर्ने र हतारमा बजेट बाड्ने प्रवृत्तिको अन्त्य गरेर बजेट दुरुपयोग हुनबाट रोक्ने उनको भनाइ थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob