scheduleबिहिवार आषाढ़ ७ गते, २०७५

बाबुद्वारा घाँटी रेटेर छोराको हत्यापछि आत्महत्या प्रयास

 

पोखरा, ३० जेठ । पोखरा लेखनाथ महानगरपालिकामा बुधबार एक व्यक्तिले धारिलो हतियार प्रयोग गरी आफ्नै छोराको घाँटी रेटेर हत्या गरे । उनले ११ वर्षीय छोराको हत्यापछि श्रीमतीको पनि घाँटी रेटे र आफ्नो पनि ।

दुर्भाग्य छोरा ज्ञापनको मृत्यु भयो, गर्भवती श्रीमतीको पेटमा रहेको मृत बच्चालाई पनि शल्यक्रियामार्फत निकालियो तर श्रीमती र अभियुक्त मकवानपुर घर भई हाल पोखरा लेखनाथ–१५, रामबजार कालिकामार्गमा बस्ने ४० वर्षीय रामजी घले भने जिवितै रहे । उनको हाल मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । श्रीमतीकाे पनि उपचार भइरहेकाे छ ।

घलेले छोराको हत्यापश्चात् श्रीमती सुमित्रा ठकुरीमाथि चक्कु प्रहार गरी आफ्नोसमेत घाँटी रेटेका प्रहरीले पोखरा प्रहरीले जनाएको छ । घटनाका लागि रामजी कसरी उक्सिए भन्नेबारे प्रहरीले अनुसन्धान गर्ने पोखराका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार बस्यालले जानकारी दिए । हाल अभियुक्त पनि उपचाररत रहेकाले अनुसन्धान भइरहेको र सत्य बाहिर आउने केही समय लाग्ने उनले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob