scheduleबिहिवार आषाढ़ ७ गते, २०७५

कोरिया पठाउने नाउमा ७९ लाख ठग्ने दुई पक्राउ

काठमाडौं, ३० जेठ । दक्षिण कोरिया पठाउने नामम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा लमजुङका मिनबहादुर थापा र जोसेफ श्रेष्ठ रहेका छन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको हो ।

सरकारी कोटामा कोरिया पठाइदिने र एक वर्षपछि त्यही भिषा नविकरण गर्न मिल्ने भन्दै थापा र श्रेष्ठले प्रतिव्यक्ति ११ लाखका दरले ९ जनासँग करिव ७९ लाख ६५ हजार ८ सय रुपैयाँ उठाएका थिए ।

रकम ठगी गर्ने उनीहरुलाई पक्राउ गरी बैदेशिक रोजगार विभागमा पठाएको सिआइबीका एसपी कृष्णहरी शर्माले जानकारी दिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob