scheduleबिहिवार आषाढ़ ७ गते, २०७५

सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा हुने

काठमाडौं, ३० जेठ । सन् २०२६ को विश्वकप फूटबल प्रतियोगिता क्यनाडा, मेक्सिको र अमेरिकाले संयुक्तरुपमा आयोजना गर्ने भएका छन्।

विश्वकप आयोजक चयनका लागि फिफामा बुधबार भएको भोटिङमा उत्तर अमेरिकी मुलुकत्रय अमेरिका, क्यानडा र मेक्सिकोले मोरक्कोलाई पछि पार्दै संयुक्तरूपमा विश्वकप आयोजनाको अख्तियारी पाएका हुन् ।

यी तीन उत्तर अमेरिकी मुलुकले १३४ र अफ्रिकी मुलुक मोरक्कोले ६५ भोट पाए । मोरक्कोले पनि प्रतियोगिता आयोजनाको दाबेदारी प्रस्तुत गरेको थियो।

प्रतियोगितामा हुने ८० खेल मध्ये ६० खेल अमेरिकामा हुनेछ। १० खेल क्यानडा र १० खेल मेक्सिकोले आयोजना गर्नेछन्।

यसपटकको विश्वकप रसियामा हुन गईरहेको छ भने त्यसअघि सन् २०२२ को विश्वकप कतारले आयोजना गर्ने यसअघि नै तय भइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob