scheduleबिहिवार आषाढ़ ७ गते, २०७५

सुनको झोला बोकेर रसिया पुगे नेयमार

काठमाडौँ, ३० जेठ । ब्राजिलका स्टार खेलाडी नेयमार रसिया पुगेका छन् । विश्वकप फुटबलका लागि रसिया पुगेका उनले ९ सय अमेरिकी डलर पर्ने सुनको झोलासहित देखा परेका थिए ।

उनले बोकेको झोलामा उनको पिता, आमा, दिदी र छोराको फोटोसमेत रहेको छ । मिडिया रिपोर्टका अनुसार उनले पुर्ण फिट रहेका छन् । ब्राजिल ग्रुप इ मा रहेको छ । ग्रुप इ मा ब्राजिलले स्वीजरल्याण्ड, सर्भिया र कोस्टारिकासँग खेल खेल्नेछ । ब्राजिलले आफ्नो पहिलो खेल आइतबार स्विट्जरल्यान्डसित खेल्दैछ ।

चोटका कारण उनले गत हप्ता क्रोएसियासँग भएको खेल बेन्चमा बसेर हेरेका थिए । तर, विश्वकपमा उनले सानदार खेल प्रदर्शन गर्ने अपेक्षा लिइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob