scheduleबिहिवार आषाढ़ ७ गते, २०७५

विश्वकप अर्थतन्त्रः रुस विश्वकपको बजेट ९९ देशको जिडिपीभन्दा बढी (रोचक तथ्यांकसहित)

काठमाडौं¸ ३० जेठ । विश्वकप फुटबल संसारको सबैभन्दा बढी हेरिने र सबैभन्दा महंगो खेल कार्यक्रम हो । रुसले फिफा वर्ल्ड कप २०१८ को आयोजना गर्न १४०.८ हजार करोड रुपैयाँ खर्च गरेको छ । यो ८८ वर्षको विश्वकप इतिहासमा सबैभन्दा महंगो रकम हो ।

घोषित बजेट जे भए पनि करिब २१,०२४ करोड रुपैयाँ रुसले खर्च गरेको बताइन्छ । यो बजेटको मुख्य भाग रंगशाला निर्माणमा खर्च भएको थियो । तर, रुसले यातायात, सुरक्षा, स्वास्थ्यलाई मिलाएर १४०.८ हजार करोड रुपैयाँ खर्च गरेको छ । यसमा अझ विश्वकपसँग जोडिएको पर्यटन, विज्ञापन लगायतका खर्च जोड्ने हो भने त यो तथ्यांक २ लाख २८.८ हजार करोड रुपैयाँभन्दा बढी हुन्छ । यो रकम संसारका २११ देशमध्ये ९९ देशको जिडिपीभन्दा बढी हुन्छ । प्रमुख ११२ देशको जिडिपी पनि यो रकमभन्दा बढी छ । रुसले यतिधेरै रकम खर्च गर्नुका पछाडि उसँग युरोपेली देशहरुमा जस्तो फुटबलसँग जोडिएको पूर्वाधारलगायत संयन्त्र त्यति बलियो थिएन ।

मस्को टाइम्सका अनुसार रुसले विश्वकपका लागि खेल र अन्य पूर्वाधारमा १४०.८ हजार करोड खर्च गरेको छ । यसको ३० प्रतिशत रकम खेलसँग जोडिएको निर्माणमा र ५० प्रतिशत यातायात, स्वास्थ्य र सुरक्षामा खर्च गरेको छ भने बाँकी २० प्रतिशत होटल र अन्य सहायक क्रियाकलापमा खर्च गरेको छ ।

अर्थतन्त्रमा यसको फाइदा दिर्घकालसम्म देखिनेछ । २०१३-२०२३ को बीच अर्थतन्त्रलाई ३.३३४ लाख करोड रुपैयाँ फाइदा हुन्छ । विश्वकपको तयारीको क्रममा रुसमा २.२२ लाख रोजगारी पैदा भएको छ । कयौं आर्थिक विशेषज्ञका अनुसार विश्वकपका कारण अप्रिलदेखि सेप्टेम्बरसम्म रुसको अर्थतन्त्र ०.२ प्रतिशतको तीव्रतामा बढ्नेछ ।

कहाँ कति खर्च
विश्वकप आयोजनाका लागि १४०.८ हजार करोड रुपैयाँ रुसले खर्च गरेको छ । यसमा-
– यातायात, स्वास्थ्य, सुरक्षामा ७३.६ हजार करोड रुपैयाँ खर्च गरेको छ । ६७.२ हजार करोड रुपैयाँ रंगशाला, होटल र अन्य शिर्षकमा खर्च भएको छ ।
– ४८ हजार करोड रुपैयाँ विज्ञापन र फेसनमा खर्च भएको छ । ४० हजार करोड रुपैयाँ मात्र त यससँग जोडिएको विज्ञापनमा खर्च हुनेछ ।
– खेलसम्बन्धी पहिरन, उपकरण र फेसनमा ८ हजार करोड खर्च भएको छ । त्यसैगरी ४० हजार करोड पर्यटन, पेय पदार्थ र खानामा खर्च हुनेछ ।

– विश्वकपसँग जोडिएको पर्यटनका लागि ३२ हजार करोड खर्च हुनेछ । खाना र पेय पदार्थमा ८ हजार करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।
– ६० दिनमा ४० हजार करोडको विज्ञापन देखाइनेछ, यो सबैभन्दा बढी चीनमा देखाइनेछ ।

– विश्वकपको क्रममा विभिन्न कम्पनीहरुले ४० हजार करोड रुपैयाँ विज्ञापनमा खर्च गर्नेछन् । त्यसको महत्वपूर्ण हिस्सा ९ हजार करोडको विज्ञापन चीनमा देखाइनेछ । त्यसपछि अमेरिकामा ४३२० करोडको विज्ञापनमा खर्च हुनेछ । यद्यपि चीन र अमेरिका दुवै देश विश्वकपको लागि छनौट हुन सकेनन् । यी देशहरुमा फुटबल दिनानुदिन लोकप्रिय हुँदै गइरहेको छ ।

यसको साथै यहाँका मानिस शपिङका लागि अत्यधिक खर्च गर्दछन् । त्यसैले विभिन्न कम्पनीहरुले विज्ञापनका लागि यहाँ खर्च गर्न जोड दिइरहेका छन् ।

आयोजक रुसले भने ६९१ करोड विज्ञापनमा खर्च गर्नेछ । एक अर्को रिपोर्टका अनुसार संसारभरमा विश्वकपको क्रममा र यसको एक महिनाभित्र ४० हजार करोड विज्ञापनमा खर्च हुन्छ ।

विश्वकपको क्रममा १५ लाख विदेशी पर्यटक रुस जानेछन् । यो क्रममा रुसमा ४०० प्रतिशत पर्यटक बढ्नेछन् । करिब १५ लाख भन्दा बढी विदेशी पर्यटकले रुस घुम्ने रुसको विश्वास छ । यसैगरी अन्य देशका लाखौं फुटबल प्रशंसक खेल हेर्न अन्य शहरहरुको यात्रा गर्नेछन् । देश विदेशका फुटबल प्रशंसकले करिब ३२ हजार करोड रुपैयाँ खर्च गर्नेछन् ।

विश्वकपका लागि शनिबार मात्र फिफाको अतिरिक्त टिकट १ लाख २० हजार टिकट एक घन्टामै बिक्री भएको थियो । विदेशबाट आउने फुटबल प्रशंसकले रुसमा औसत १२ दिने बिताउने आयोजकको विश्वास छ । विश्वकपमा छनौटमा नपरेका देशबाट समेत समर्थकहरु आउने आयोजकको विश्वास छ ।

सार्क राष्ट्रका देशहरु बंगलादेशले फुटबलसँग सम्बन्धित पहिरन बेचेर १ हजार ८० करोड आर्जन गरेको छ भने पाकिस्तानले ४८० करोडको फुटबल बेचेको छ । विश्वकपमा सहभागी टिमहरुले बंगलादेशमा बनेको खेलसामग्री प्रयोग गर्छन् । यसमा विभिन्न देशका झण्डा समेत पर्दछन् । खेलाडीदेखि समर्थकले लगाउने टिशर्ट पनि यसमा पर्दछन् । बंगलादेशले एडिडास, प्यूमा, नाइक, जि-स्६र, एचएम्डएम र मार्क्स र स्पेन्सर जस्ता इन्टरनेशनल ब्रान्ड्सका स्पोर्ट्सवेयर बनाउँछ । बंगलादेशका कयौं कम्पनीहरुले वर्षभरी युरोपिएन क्बलका खेलाडीहरुका लागि स्पोर्ट्सवेयर आपूर्ति गर्दछ ।

त्यसैगरी विश्वकप २०१८को बल टेलस्टार-१८ पाकिस्तानमा बनेको हो । पाकिस्तानको फर्वर्ड स्पोर्टलाई यसको लागि करिब ४८० करोड रुपैयाँको रकम मिलेको थियो । यो बल विश्वकपमा प्रयोग हुनेछ ।

२४ लाख टिकट बिक्री-
– १५ लाख टिकट विदेशी दर्शकले किनेका छन् । जबकि, रुसी नागरिकले ८.७ लाख टिकट किनेका छन् । अमेरिकीले ८८ हजार टिकट किनेका छन् । यो विदेशबाट किनिनेमा उच्च हो तर, अमेरिका आफैं विश्वकपमा छनौट हुन सकेन् ।

– ७२ हजार टिकट ब्राजिलका दर्शकले किनेका छन् । यो संख्या विश्वकप खेलिने देशहरुको तुलना गर्दा रुसपछि सबैभन्दा बढी हो ।
– २८ हजार टिक भारतीय दर्शकले किनेका छन् । विश्वकप नखेल्ने देशमा यो तेस्रो नम्बरमा पर्दछ । पहिलो अमेरिका, दोस्रो चीन र तेस्रो भारत ।
– ८५० टिकट छनौट हुन नसकेका देशका एसोसिएसनलाई दिइएको छ । यस्ता देशहरुको संख्या १७७ छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob