scheduleबिहिवार आषाढ़ ७ गते, २०७५

राजधानीमा तीन वटा सुन पसलमा छापा, आरके ज्वेलर्सका सबै सुन जफत

काठमाडौं, २८ जेठ । न्यूरोडमा रहेका दुई वटा तथा दरबारमार्गको एक पसलमा गृह मन्त्रालयको विशेष छानबिन समितिले छापा हानेर सबै धनमाल जफत गरेको छ । जफतपछि तीनै वटा पसलमा शिल गरिएको छ।

राजेन्द्रकुमार शाक्यद्वारा राजधानीमा सञ्चालित तीन वटा सुन पसलमा समितिले छापा मारेकाे हाे ।

शाक्य लामो समयदेखि सुन तस्करीमा संलग्न व्यक्ति हुन्। उनले पसलमा तस्करीका सुन समेत बिक्री गर्दै आएका थिए। साढे ३३ किलो सुन प्रकरणका अभियुक्त उनी करिब दुई महिनाअघि पक्राउ परेका थिए।

शाक्यका बैंक खाता तथा घरजग्गा यसअघि नै रोक्का भइसकेको छ। जफत गरिएको सुनका गहनाहरु अदालतमा पेश गर्ने समितिको तयारी छ।

तस्करीको सुन पसलमार्फत विक्री वितरण गरिएको पाइएकाले सुन जफत गरी पसलमा शिल गर्नुपरेको छानबिन समितिमा रहेका एसएसपी वसन्त लामाले जानकारी दिएका छन् ।

सुन तस्करीमा सहयोग गर्ने प्रहरीलाई भ्रष्टाचार र अरुलाई सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob