scheduleबिहिवार आषाढ़ ७ गते, २०७५

कर्मचारीलाई लाइनमा उभ्याएर हाकिमको झापड !

काठमाडौ, २७ जेठ । कुनैपनि कम्पनीमा गलत कर्मचारीहरु भएको थाहा भए वा फेला परे हदैसम्मको कारवाही भनेको क्षतिपूर्ति भराउने, तलब वा ग्रेड नबढाउने वा कामबाट निकाल्नेसम्म हुनसक्छ । तर चीनको एउटा कम्पनीले भने त्यस्तो गरेर ।

कम्पनीकी महिला हाकिमले आफ्ना कर्मचारीलाई अनौठो खाले कारवाही गरेकी छिन् । सायद यो विश्वमै पहिलो घटना हुनसक्छ । चीनको हुबेइ प्रान्तमा रहेको एक कम्पनीको समीक्षा बैठकका क्रममा घटेको घटना अहिले सोसल मिडियामा भाइरल बनेको छ ।

उक्त बैठक पश्चात् कम्पनीकी महिला प्रबन्धकले खराब कार्यसम्पादनको अभियोग लागेका कर्मचारीहरुलाई लाइनमा उभ्याएर गालामा झापड हानेकी छिन् । कर्मचारीहरुलाई हाते कारवाही गरेसँगै घुँडा टेकेर भुइँमा हिँड्न पनि आदेश दिइयो ।

समाचार अनुसार सुरुमा ती महिला हाकिमले कर्मचारीलाई झापड हान्न संकोच मानेकी थिइन् । तर कर्मचारीहरु आफै हाते कारवाही भोग्न तयार भए र आफुहरुलाई झापड हान्न अनुरोध गरेसँगै उनले त्यसो गरेको बताइएको छ ।
एजेन्सीको सहयोगमा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob