scheduleबिहिवार आषाढ़ ७ गते, २०७५

‘रियल मड्रिड रोनाल्डोको सम्पत्ति होइन, नेयमारलाई बर्नबाउमा स्वागत छ’

एजेन्सी, २५ जेठ । रियल मड्रिड तथा ब्राजिलका स्टार खेलाडी मार्सेलोले नेयमार र रोनाल्डोबारे आफ्नो टिप्पणी गरेका छन् । पछिल्लो समय रोनाल्डोले रियल छाड्ने हल्ला व्यापक चलिरहेको छ ।

यसबारे रोनाल्डोले संकेत पनि गरिसकेका छन् । मार्सेलोले भनेका छन्, ‘रियल मड्रिड रोनाल्डोको सम्पत्ति होइन, यो विश्वकै उत्कृष्ठ खेलाडीहरु खेल्ने स्थान हो । नेयमारलाई बर्नबाउमा स्वागत छ ।’

उनले थप्दै भने, ‘नेयमार ढिलो चाँडो रियल आउनेछन् । यो विश्वकै उत्कृष्ट खेलाडीहरु खेल्ने ठाउँ हो । समय सकिएपछि मैले पनि कहाँ कता जाने निर्णय लिनपर्छ । रोनाल्डोको समस्या पनि त्यही नै हो ।’

बार्सिलोना छाड्दै नेयमार पिएसजी आएका थिए । पछिल्लो समय उनी रियल आउने हल्ला व्यापक चलेको छ ।

त्यस्तै रामोसलाई फिर्मिन्होले मुर्ख भनेकोबारे पनि उनले बोलेका छन् । उनले भनेका छन्, रामोससँग मैले १२ वर्ष बिताएको छु । उसले अर्कै नियतले भनेको थियो तर, मिडियाले गलत व्याख्या गरेको हो ।

च्याम्पियन्स लिग तीनपटक जित्नु चानेचुने कुरा होइन । उनले भनेका छन्, ‘हामीले इतिहास रचेका छौ । यस्ता सामान्य कुराले हामीले बनाएको रेकर्ड ओझेलमा पर्दैन ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob